birat ribon

प्रिमियर लिग : चेल्सीको सहज जित

Neuro
प्रिमियर लिग : चेल्सीको सहज जित

विराटनगर । इंग्लिस प्रिमियर लिगमा चेल्सीले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा चेल्सीले आफ्नै मैदानमा वेस्ट ह्याममाथि ३–० गोलको सहज जित दर्ता गरेको हो ।

स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई जिताउन ट्यामी अब्राहमले दुई गोल गरे भने थियागो सिल्भाले एक गोल गरे ।

cura insider

चेल्सीले सिल्भाको गोलमा सुरुआती अग्रता बनाएको थियो । उनले खेलको दसौं मिनेटमा गोल गरेका थिए ।

Image

खेलको ७८औं मिनेटमा अब्राहमले गोल गर्दैै चेल्सीको अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेट नबित्दै अब्राहमले दोस्रो गोल गर्दै चेल्सीलाई ३–० गोलको सहज जित दिलाए ।

जितसँगै पाँचौं स्थानको चेल्सीले १४ खेलबाट २५ अङ्क जोडेको छ । वेस्ट ह्याम भने २१ अङ्कका साथ दसौं स्थानमा छ ।

jackson ribon