विराटनगर । गायक परशुराम पाण्डेको नयाँ गीत ‘माया दिन्छु अपार’ सार्वजनिक भएको छ । आधुनिक कवाली शैलीको ‘माया दिन्छु अपार’ मा गायक पाण्डेकै शब्द तथा सङ्गीत रहेको छ ।
सुरेश चौधरीको निर्देशन रहेको ‘माया फिन्छु अपार’ को म्युजिक भिडियोमा चर्चित मोडल सुधीर श्रेष्ठ र दीपा शर्मालाई देख्न सकिन्छ ।
गीतको भिडियो चितवनकै मनोरम पर्यटकीय स्थलहरूमा छाँयाकन गरिएको छ । चितवनको जलबिरेस्थित लामो झरना, नारायणी नदी किनार, लाइम एण्ड लेमनलगायतका स्थानहरूमा गीतको छाँयाकन गरिएको हो ।
गायक पाण्डेले गीतलाई दर्शक स्रोताहरूले मन पराउने विश्वास रहेको बताएका छन् । उनी भन्छन्, ‘नेपाली बजारमा कवाली शैलीको गीतहरू खासै बनेका छैनन्, पछिल्लो समय लोक आधुनिक गीत बढिबनिरहेको नेपाली बजारमा कवाली शैलीको गीतबाट फरक पन दिने प्रयास गरेका छौं ।’
गीत ‘माया दिन्छु अपार’ गायक पाण्डेको आफ्नै युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।