birat ribon

दि रियल ब्रदर्स विजयी

Neuro
दि रियल ब्रदर्स विजयी

पथरीशनिश्चरे । ६ पुस । पथरी शनिश्चरे प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा रियल ब्रदर्स विजयी भएको छ । रियल ब्रदर्सले नवोदय फुटबल क्लबलाई १–० ले हराउँदै समूह विजेता बन्दै नकआउटक चरणमा प्रवेश गरेको छ ।

cura insider

द रियल ब्रदर्सका डम्बर मगरले खेलको १५औं मिनेटमा गरेको गोल नै आजको खेलमा निर्णायक बन्यो । लिगको आज भएको अन्तिम खेल सँगै नकआउट समीकरण पुरा भएको छ ।

नकआउट चरणमा आजको विजेता द रियल ब्रदर्सले न्युस्टार फुटबल क्लबसँग सेमिफाइनल प्रवेशका लागि बिहीबार खेल्ने छ । त्यस्तै बुधबार नवोदय फुटबल क्लवले सिरिजङ्घा फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आजको खेलमा द रियल ब्रदर्सका दिपेन माझी मेन अफ द म्याच घोषित भए । प्रतियोगिताको विजेताले एक लाख ७५ हजार रुपियाँ र उप विजेताले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

jackson ribon