Rumpum Advertisement

सर्वदलीय बैठकको निष्कर्ष : संसद् विघटन संविधानमाथिको आक्रमण

सर्वदलीय बैठकको निष्कर्ष : संसद् विघटन संविधानमाथिको आक्रमण

काठमाडौं । नेपाली काङ्ग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद् विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ ।

काङ्ग्रेसको पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसद् विघटन संविधानविपरीत भएको भन्दै संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकलेको हो । बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार प्रतिनिधिसभा विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको निष्कर्ष बैठकले निकालेको बताए ।

संसद् विघटनको निर्णयविरुद्ध तीन वटै पार्टीले एकतावद्ध भएर अगाडि बढ्ने समझदारी पनि भएको उनले बताए । मङ्गलबार तीनवटै दलले केन्द्रीय कमिटी बैठक बोलाएको उल्लेख गर्दै उनले बैठकपछि पुनः बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने बताए ।

काङ्ग्रेस नेता रमेश लेखकले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध तीनवटै पार्टी एकमत भएको निष्कर्ष बैठकले निकालेको बताए । केन्द्रीय कार्यसमिति बैठकपछि आगामी दिनमा सरकारको यो कदमविरुद्ध कसरी अगाडि बढ्ने भन्ने कुरामा सहमति भएको बताए ।