birat ribon

प्रदेशमा ९४ सङ्क्रमित थपिए, २७६ डिस्चार्ज

Neuro
प्रदेशमा ९४ सङ्क्रमित थपिए, २७६ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा ९४ जना कोरोना सङ्क्रमित थपिएका छन् आइतबार मोरङमा ५२, सुनसरीमा १९, झापामा ८, संखुवासभामा ३, इलाममा २, भोजपुर, उदयपुर, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ६ जना थपिएका हुन ।

cura insider

मोरङको विराटनगरमा २७, सुन्दरहरैचामा ६, बेलबारीमा ४, बुढीगंगामा ३, ग्रामथान, लेटाङ, कटहरी, उर्लाबारीमा २–२, केराबरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका १–१ जना कोरोना सङ्क्रमित थपिएका हुन् ।

सुनसरीको इटहरीमा ८, धरानमा ४, दुहवीमा २, रामधुनी, देवानगञ्ज, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १–१ जना थपिएका छन् ।

झापाको कनकाई, बाह्रदशी, विर्तामोड, दमक, गौरादह, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवीमा २ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा २, भोजपुर, उदयपुरको बेलका, पाँचथर, ताप्लेजुङको पाथीभरा याङवरकमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ४२६ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा २७६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २७०, विराट मेडिकल कलेजबाट ३, मेची अस्पतालबाट २ र न्युरो अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २५ हजार ३९५ पुगेको छ ।

jackson ribon