birat ribon

जेनोआद्वारा प्रशिक्षक रोलान्डो मरन बर्खास्त

Neuro
जेनोआद्वारा प्रशिक्षक रोलान्डो मरन बर्खास्त

विराटनगर । इटालियन क्लब जेनोआले आफ्ना प्रशिक्षक रोलान्डो मरनलाई पदबाट बर्खास्त गरेको छ । सोमबार सिरी ‘ए’ क्लब जेनोआले प्रशिक्षक मरनलाई पदबाट बर्खास्त गरेको आधिकारिक पुष्टि गरेको हो ।

cura insider

हाल जेनाआ अङ्कतालिकाको १९औं स्थानमा छ । ऊ १३ खेल खेल्दा ७ अङ्क मात्र बटुल्न सफल भएको छ । १३ मध्ये एक खेलमा मात्र जित निकालेपछि जेनोआका अध्यक्ष इनरिको प्रेजिओसीले मरनलाई बर्खास्त गर्ने निर्णय गरेका हुन् ।

अघिल्लो वर्ष मात्र मरन डेभिड निकोलाको स्थानमा आएका थिए ।

jackson ribon