विराटनगर/नेपाली काङ्ग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सङ्घर्ष गर्ने भएको छ ।
सोमबार नेपाली काङ्ग्रेस प्रदेश १ का सचेतक केदार कार्कीले विज्ञप्ति जारी गरी संसदीय दलको अनौपचारिक बैठक बसी आन्दोलन गर्ने निर्णय भएको बताएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध सशक्त सङ्घर्ष गर्ने बताइएको छ ।