birat ribon

तल्लो तहमा नेकपा विवाद : तीनपैनीमा सर्वदलीय बैठक, पाञ्चालीमा ओली पक्षको छलफल

Neuro
तल्लो तहमा नेकपा विवाद : तीनपैनीमा सर्वदलीय बैठक, पाञ्चालीमा ओली पक्षको छलफल

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्ने निर्णय गरेपछि सत्तारुढ नेकपा फुटको संघारमा छ । केन्द्रमा ओली पक्ष र प्रचण्ड–नेपाल पक्षले छुट्टाछुट्टै भेला गर्दा प्रदेश १ को राजधानी विराटनगरमा दुई पक्षको भेला गरेका छन् ।

सोमबार नेकपा प्रदेश कार्यालय तीनपैनीमा प्रचण्ड–नेपाल पक्षले सर्वदलीय छलफल आयोजना गर्दा नेकपा जिल्ला कार्यालय पाञ्चालीमा प्रधानमन्त्री ओली पक्षका युवाहरूको बेठक बसेको हो ।

cura insider

प्रदेश कार्यालयमा नेकपा, नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीबीचको संयुक्त बैठकले संसद् विघटन गर्ने प्रधानमन्त्रीको निर्णयविरुद्ध संयुक्त प्रतिवाद गर्ने निर्णय गरेको नेकपा मोरङ सचिव गणेश उप्रेतीले जानकारी दिए ।

ओली पक्षको भेलाले भने कुनै निर्णय सार्वजनिक गरेको छैन । ‘हामी सामान्य छलफलका लागि मात्रै भेला भएका थियौं,’ ओली निकट विद्यार्थी नेता भास्कर खनालले भने ‘कुनै निर्णय भएको छैन ।’

ओली पक्षका युवा सङ्गठन केन्द्रीय सदस्य मुकेश बुढाथोकीले पनि सामान्य छलफल भएको र कुनै निर्णय नभएको बताए । स्रोतका अनुसार पार्टी फुटको औपचारिक घोषणा हुन बाँकी रहेको र फुटको घोषणापछि कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको थियो ।

jackson ribon