birat ribon

सोमबार सात सय ४२ सङ्क्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या एक हजार आठ सय नजिक

Neuro
सोमबार सात सय ४२ सङ्क्रमित थपिए, मृत्यु हुनेको सङ्ख्या एक हजार आठ सय नजिक

विराटनगर । नेपालमा सोमबार थप सात सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा सात सय ४२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

यससँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख ५४ हजार पाँच सय १४ पुगेको छ । हाल सात हजार नौ सय ७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

cura insider

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ७९ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४४ हजार सात सय ४३ जना निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार सात सय ९५ जनाको मृत्यु भएको छ ।

jackson ribon