birat ribon

विश्व बैङ्कसँग साढे नौ अर्बको सहयोग सम्झौता

Neuro
विश्व बैङ्कसँग साढे नौ अर्बको सहयोग सम्झौता

काठमाडौँ/नेपाल सरकार र विश्व बैङ्कबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि बित्तीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

cura insider

सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच करिब नौ अर्ब ५० करोड रुपैयाँ (आठ करोड अमेरिकी डलर) बराबरको आयोजनामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रबद्र्धन गर्दै कोभिड महामारीपछिको आर्थिक पुनरोत्थानलाई अभिवृद्धि गर्ने विश्वास गरिएको छ । कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गानाले आयोजना कार्यान्वयनमा गएपछि नेपालको कृषि र बजारको सम्बन्धलाई स्थापित गर्ने र कृषि–व्यवसायमा बढ्ने प्रतिस्पर्धाले कोभिड महामारीपछिको आर्थिक पुनरोत्थानलाई सघाउने बताए ।

आयोजनाले ग्रामीण उत्पादक समूहहरु र बजारबीच उत्पादनशील साझेदारीको सहजीकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारी अभिवृद्धि गर्ने विश्वास गरिएको छ । यस्तै उच्च मूल्यका आन्तरिक र अन्तर्राष्ट्रिय बजार मूल्य शृङ्खलाको विकास गर्दै बजार शृङ्खलामा दीर्घकालीन समावेशिकरणलाई बढाउने विश्वास पनि गरिएको छ । यो आयोजना प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्य आर्थिक कोरिडोरमा कार्यान्वयन हुनेछ ।

jackson ribon