Rumpum Advertisement

जाडोमा छालालाई स्वस्थ राख्न पुरुषका लागि केही टिप्स

जाडोमा छालालाई स्वस्थ राख्न पुरुषका लागि केही टिप्स

विराटनगर/जाडो महिना सुरु भएसँगै छालालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा धेरै चर्चा हुने गर्छ ।

महिलाहरूले आफ्नो छालालाई स्वास्थ्य राख्नका लागि विभिन्न तरिकाहरू अपनाउनुका साथै बजारमा पाइने विभिन्न उत्पादनहरूको प्रयोग गरिरहेका हुन्छन् । तर, गर्मी होस् वा जाडो अधिकांश पुरुषहरूले भने खासै आफ्नो छालाको हेरचाहमा ध्यान दिएको पाइँदैन । तर, जाडोमा छालालाई सुख्खा हुनबाट बचाउनका लागि पुरुषहरूले पनि केही तरिका अपनाउनुपर्ने हुन्छ ।

अनुहारलाई सफा राख्नुपर्छ : पुरुषहरूले पनि अनुहारलाई सफा राख्नका लागि क्लिन्जरको प्रयोग गर्नु पर्छ । पोर्स बन्द हुनुअघि छालाबाट सबै प्रकारका फोहोर हटाउनुपर्छ । अनुहारलाई बिहान र राती सुत्नुअघि सफा गर्नु पर्छ । आफ्नो छालालाई सुट हुनेखालको क्लिन्जर छनौट गर्नुपर्छ जसले छालालाई हाइड्रेट राखी, अनावश्यक अशुद्धता हटाउन मद्दत गर्छ ।

साप्ताहिक रूपमा एक्सफोलिएट गर्नुपर्छ : सुख्खापनबाहेक, जाडोले अनुहारलाई सुस्त पार्न सक्छ । सुस्त देखिने छालाको कारण सतहमा मृत कोशिकाको निर्माणसँग सम्बन्धित हुन्छ जसले छालालाई आफ्नो तेज प्रतिविम्बित गर्न रोक्छ । छालाको सतहमा भएको मृत कोशिकालाई हटाउन हप्तामा एक वा दुई पटक राम्रो स्क्रबको प्रयोग गर्न सकिन्छ ।

मोइश्चराइजरको प्रयोग महत्तवपूर्ण : मोइश्चराइजरको प्रयोग जाडोमा मात्र नभई वर्षभर नै महत्वपूर्ण हुन्छ, र विशेषगरी जाडोमा छालालाई सुख्खा हुनबाट जोगाउनका लागि मोइश्चराइजरको प्रयोग गर्नु उत्तम उपायमध्ये एक हो । दैनिक मोइश्चराइजरको प्रयोगले छालामा बुढ्यौलीका रेखा (रिङ्कल्स)को उपस्थितिलाई कम गर्छ ।

सनस्क्रिन लगाउन बिर्सनु हुँदैन : तापक्रम घट्दै जाँदा मानिसहरू अधिक घाममा बस्न रुचाउँछन् । यस्तो बेलामा घामले पोल्ने र छाला बिग्रन सक्ने सम्भावना बढी हुन्छ । सनस्क्रिनले हानिकारक यूभी किरणबाट सुरक्षा प्रदान गर्नुका साथै समयपूर्व हुने बुढेसकाल र मेलानोमालाई पनि रोक्न मद्दत गर्छ ।

रातीको समयमा सिरम प्रयोग : अतिरिक्त हाइड्रेसनका लागि, रातीको समयमा प्रयोग गर्ने सिरम लगाउन सकिन्छ । यसले अत्यधिक ड्राइनेस, पिग्मेन्टेसन, पिमपल्स, दागको समस्यालाई हटाउन मद्दत गर्छ ।