birat ribon

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आव्हान

Neuro
निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आव्हान

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आव्हान गरेका छन् ।

cura insider

पछिल्लो राजनीतिक घटनालगायत विषयमा सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आव्हान गरेका हुन् ।

‘साढे चार महिनापछि नयाँ प्रतिनिधिसभा स्थापित भइहाल्छ । अस्थिरता देखापर्छ, लोकतान्त्रिक गणतन्त्र धरापमा पर्छ भन्ने हल्ला निराधार छ । कुनै पनि कुरामा नअलमल्लीकन चुनावमा केन्द्रित हुन सबैलाई आह्वान गर्छु, उनले भने ।

संसद् विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचन घोषणा भएको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद् विघटन गरी निर्वाचन घोषणा गरेकी हुन् ।

jackson ribon