काठमाडौं, प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षीभन्दा दलभित्रकै साथीहरूले अपदस्त गर्ने गतिविधि गरेको बताएका छन् ।
पछिल्लो राजनीतिक घटनालगायत विषयमा सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘चार वर्षअघि पनि त्यतिबेलाको सरकारले नाकाबन्दी हटाएर देशलाई अग्रगति दिन लाग्दा अपदस्त गर्ने काम भएको थियो । अहिले त्यस्तै गतिविधि भएको छ । प्रतिपक्षी दलभन्दा दलभित्रकै साथीहरूले यस्ता गतिविधी गरे’, प्रधानमन्त्री ओलीले भने ।