Rumpum Advertisement

संसद् विघटनको संयुक्त प्रतिवाद गर्ने मोरङका तीन दलको निर्णय

Neuro
संसद् विघटनको संयुक्त प्रतिवाद गर्ने मोरङका तीन दलको निर्णय

विराटनगर/प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा मोरङका दहरुले संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेका छन् । बुधबार नेकपा प्रदेश कार्यालय तीनपैनीमा बसेको बैठकले संसद् विघटन गर्ने निर्णयविरुद्ध संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

नेकपा मोरङका सचिव गणेश उप्रेतीका अनुसार नेकपा, नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टीका जिल्ला र केन्द्रीय नेताहरुको उपस्थितिमा बसेको बैठकले असंवैधानिक कदमको संयुक्त रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकले सोमबार दिउँसो ४ बजे विराटनगरमा प्रदर्शन गर्ने निर्णय गरेको छ । संसद् विघटनको विरोधमा जिल्लाभरि संयुक्त रुपमा आन्दोलन गर्ने निर्णय भएको उनले बताए ।

जनता समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादवले असंवैधानिक कदम फिर्ता नलिए सङ्घर्ष गर्ने बताए । नेपाली काङ्ग्रेस मोरङमा सचिव नागेश कोइरालाले संसद् विघटन गर्ने निर्णय गलत भएकाले संयुक्त प्रदिवाद गर्ने बताए ।

बैठकमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेकपाका नेता सहभागी थिएनन् ।