Rumpum Advertisement

मृगौलाको समस्याबाट पीडित व्यक्तिले यी खाना खाँदा ध्यान पुर्‍याउनुपर्ने

Neuro
मृगौलाको समस्याबाट पीडित व्यक्तिले यी खाना खाँदा ध्यान पुर्‍याउनुपर्ने

विराटनगर/मृगौला शरीरको एक महत्वपूर्ण अङ्ग हो ।

मृगौलाले रगतलाई फिल्टर गर्न, फोहोर हटाउन, खनिजहरूलाई सन्तुलनमा राख्न र शरीरमा भएको तरल पदार्थको सन्तुलन कायम गर्न मद्दत गर्छ । धेरै मानिसहरू अनियन्त्रित मधुमेह वा उच्च रक्तचापको कारण मृगौलामा हुने समस्याबाट पीडित छन् । रक्सी, हेपेटाइटिस सी भाइरस र एचआईभी संक्रमण पनि मृगौला बिग्रने प्रमुख जोखिम कारक हुन् ।

मृगौलाको समस्याबाट पीडित व्यक्तिहरूले दैनिक खाने आहारमा केही कुरालाई प्रतिबन्ध लगाउनुपर्छ । प्रशोधित मासुलाई सामान्यतया सुकाइएको, अधिक नुन भएको वा क्यानमा राखिएको हुन्छ । र, यसप्रकारको खानालाई प्रायः पुरानो रोगसँग जोडिएको हुन्छ । यस्ता खानाको स्वादलाई सुधार गर्न तथा लामो समयसम्मका लागि सुरक्षित राख्न नुनको ठूलो मात्रा प्रयोग गरिएको हुन्छ ।

प्रशोधित मासुको धेरै सेवन गरे दैनिक चाहिने सोडियमको मात्रा कायम गर्न गाह्रो हुन्छ । साथै, लामो समय संरक्षणको लागि धेरैजसो क्यान तथा प्याकेट गरिएर राखिएको खाद्य पदार्थमा सोडियमको उच्च मात्रा हुन्छ । मृगौलाको समस्या भएकाले अचारको सेवन पनि गर्नुहुँदैन । अचार बनाउँदा अधिक मात्रामा नुनको प्रयोग गरिएको हुन्छ ।

नुन मृगौला पीडितका लागि हानिकारक मानिन्छ । थोरै अचारको सेवन गरे पनि दैनिक चाहिने नुनको मात्राभन्दा धेरै प्रतिशत अचारको साथ सेवन गरिने हुँदा अचारको सेवन नगर्नु नै उचित हुन्छ । त्यस्तै, केरा, सुन्तला, एभोकाडो, टमाटर, आलुलगायतका पोटासियमको उच्च मात्रा हुने खाद्यपदार्थको सेवनमा बढी ध्यान दिनुपर्छ ।

दुग्ध उत्पादन, खनिज र भिटामिनमा उच्च भए पनि यसमा फस्फोरस र पोटेसियमको मात्रा पनि उच्च हुन्छ । यस्ता पदार्थको अत्यधिक सेवन गरेमा मृगौलाको समस्या भएका मानिसको हड्डी स्वास्थ्यको लागि खराब हुन सक्छ । हड्डीहरूमा फस्फोरसको निर्माणले हड्डीबाट क्याल्सियम निकालेर हड्डीलाई कमजोर बनाउन सक्छ ।

ब्राउन राइसमा पनि फस्फोरस र पोटेसियमको मात्रा उच्च हुने हुँदा यसको सेवन गर्दा ध्यान पु¥याउनुपर्ने हुन्छ । मृगौलाको समस्या भएका व्यक्तिहरूले कस्तोखालको रोटी खान्छन् भनेर ध्यान राख्नु महत्वपूर्ण हुन्छ । सम्पूर्ण गहुँको रोटी एक उच्च फाइबर सामग्री भए पनि यसमा फास्फोरस र पोटेसियमको मात्रा बढी हुन्छ । मृगौलाको समस्या भएका व्यक्तिहरूले सोडाको पनि सेवन गर्नु हुँदैन ।

आफ्नो खानामा यी खानेकुरा खान चाहेको बेला खाने अंशलाई नियन्त्रण गर्न आवश्यक हुन्छ । पोटासियम र फोस्फोरस नभएको अन्य खानालाई समावेश गरी यी खानालाई एकदम थोरै मात्रामा खान सकिन्छ ।