Rumpum Advertisement

निर्वाचनपछि राष्ट्रिय राजनीतिलाई अघि बढ्न नदिने प्रपञ्च सुरु गरिए : प्रधानमन्त्री ओली

Neuro
निर्वाचनपछि राष्ट्रिय राजनीतिलाई अघि बढ्न नदिने प्रपञ्च सुरु गरिए : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि राष्ट्रिय राजनीतिलाई अघि बढ्न नदिने प्रपञ्च सुरु गरिएको बताएका छन् ।

पछिल्लो राजनीतिक घटनालगायत विषयमा सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

यसैगरी ओलीले दुई अध्यक्षबीच पार्टी र सरकारको बेग्लाबेग्लै जिम्मेवारी बाँडिएको बताए । ‘दुई अध्यक्षबीच पार्टी र सरकारको बेग्लाबेग्लै जिम्मेवारी बाँडियो तर मैले सरकारको काम इमान्दारीपूर्वक पूरा गर्न खोज्दा विभिन्न व्यवधान खडा गरियो,’ प्रधानमन्त्री ओलीले भने ।