Rumpum Advertisement

कोभिडको सङ्क्रमितले खान हुँदैन यस्ता खाना

कोभिडको सङ्क्रमितले खान हुँदैन यस्ता खाना

विराटनगर/बिरामी भएको बेलामा अधिकांशलाई खान मन लाग्दैन ।

बिरामी भएको बेला झन् खानु पर्ने हुँदा मानिसहरू आफूले मन परेको वा अत्यधिक स्वाद भएको खाना खान रुचाउँछन् । केही खानाले चाँडो रोगबाट निको पार्न मद्दत गर्छ । तर, केही खानाले भने लक्षणलाई गम्भीर बनाएर विपरित गर्न सक्ने हुँदा कोभिडका सङ्क्रमितले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी)ले भिटामिन र खनिजमा समृद्ध खाद्य पदार्थको सेवन गर्न सुझाव दिएको छ । भिटामिन डी, भिटमिन सी र जिङ्कलगायत विशेष पौष्टिक तत्व भएका खानाको सेवनले स्वास्थ्य लाभको प्रक्रियालाई छिटो गर्ने गर्छन् । कोभिडबाट सङ्क्रमित भिटामिन र खनिज लगायतका पौष्टिक तत्वले भरिएको खाना खान सुझाव दिइएको छ ।

कोभिडको सङ्क्रमण भएका व्यक्तिले सोडियममा उच्च खाद्य पदार्थ, चिनी र प्रिजरभेटिभ भएको खानालाई त्याग्नु नै उचित हुन्छ । यी सबै खानाहरूले सुजन (इन्फ्लामेसन) पैदा गर्छन्, जसले उपचार प्रक्रियामा बाधा पु¥याउने काम गर्न सक्छ । उच्च सुजनले प्रतिरक्षा प्रणालीको भारलाई बढाएर अन्य रोगको जोखिमलाई बढाउने काम गर्छ ।

सोडियमको मात्रा धेरै हुने हुँदा आलुको चिप्स वा प्याकेटमा पाइने अन्य खाद्य पदार्थको सेवन गर्नु हुँदैन । कोभिडको समस्या भए वा नभए पनि रातो मासुलाई प्रायः सेवन गर्नु हुँदैन । यो संतृप्त फ्याटमा समृद्ध हुन्छ, जसले शरीर सुन्निने समस्यालाई बढावा दिन्छ । यसको सट्टामा मोन्युसेचुरेटेड फ्याट भएको खाद्य पदार्थको सेवन गर्न सकिन्छ । प्रोटिनका लागि माछाको सट्टामा सिमी र मसुरोको दालको सेवन गर्न सकिन्छ ।

डीप–फ्राइड खानामा फ्याटको मात्रा बढी हुन्छ र प्रायः मानिसले यसलाई अधिक मात्रामा सेवन गर्ने हुन्छ । यी खाद्य पदार्थहरूले शरीरको प्रतिरक्षा प्रणालीमा अधिक भार निम्त्याउने काम गर्छ । भुटेको, तारेको खानाले नकारात्मक रूपमा पेटको माइक्रोबायोमलाई असर गर्छ र प्रतिरक्षा कार्यलाई दबाउँछ । यी खानाले खराब कोलेस्ट्रोलको मात्रा बढाई विभिन्न हृदयसम्बन्धी रोगहरूको जोखिम बढाउने गर्छ ।

अत्यधिक चिनीको सेवनका कारण शरीरमा सुजन पैदा हुन्छ । शरीरलाई छिटो निको पार्न मिठो पेय पदार्थ, कार्बोनेटेड पेय र सोडाको सेवन गर्नु हुँदैन । चिसो, खोकी वा फ्लू भएको बेलामा मसलादार खाना नखान सल्लाह दिइन्छ । मसलादार खानाले घाँटीमा जलन पैदा गरी खोकी निम्त्याउन सक्छ । सिँगान बग्ने वा खकारको समस्या भएमा, साइनस खाली गर्न तातो सूप र पेय पदार्थको सेवन गर्न सकिन्छ ।