Rumpum Advertisement

अस्पतालमा भर्ना भएका पुरुष सङ्क्रमित मर्ने जोखिम ३० प्रतिशत बढी

अस्पतालमा भर्ना भएका पुरुष सङ्क्रमित मर्ने जोखिम ३० प्रतिशत बढी

विराटनगर/अस्पतालमा भर्ना भएका पुरुष कोभिड सङ्क्रमितमा मर्ने जोखिम ३० प्रतिशत बढी हुने अध्ययनले देखाएको छ ।

अस्पतालमा भर्ना भएका पुरुष कोभिड बिरामी समान उमेर र स्वास्थ्य स्थिति भएका महिलाको तुलनामा मर्ने जोखिम ३० प्रतिशत बढी हुन्छ । उक्त अध्ययनले सङ्क्रमणका कारण हुने मृत्युका लागि धेरै जोखिम कारकहरू रहेको पनि पत्ता लगाएको थियो ।

क्लिनिकल सङ्क्रामक रोग जर्नलमा प्रकाशित अध्ययनका अनुसार अस्पतालमा भर्ना भएका कुनै समस्या नभएको बिरामीको तुलमाना मोटोपना, उच्च रक्तचाप वा मधुमेहको समस्या भएर सङ्क्रमित भई अस्पताल भर्ना भएमा मर्ने जोखिम बढी हुन्छ ।

अध्ययनमा २० देखि ३९ वर्ष उमेर भएकामा सोही उमेरका अन्य स्वस्थ व्यक्तिको तुलनामा मर्ने जोखिममा सबैभन्दा ठूलो भिन्नता देखिएको थियो । बिरामीलाई कोभिडबाट मर्ने जोखिमको बीचको सम्बन्ध निर्धारित गर्नका लागि अध्ययनमा अमेरिकाका छ सय १३ अस्पतालका लगभग ६७ हजार अस्पतालमा भर्ना भएका बिरामीको मूल्यांकन गरिएको थियो ।

वृद्ध उमेरका संक्रमित अझै पनि मर्ने बढी जोखिममा छन् । तर, कम उमेर भएर पनि मोटोपना, उच्च रक्तचाप वा मधुमेहको समस्या भएका सङ्क्रमित आफ्नो उमेरका स्वास्थ्यमा कुनै समस्या नभएका अन्य बिरामीको तुलनामा मर्ने बढी जोखिममा छन्, अध्ययनका अग्रणी लेखक क्याथरिन गुडम्यानले बताएका छन् ।

महामारी सुरु भएको समयदेखि हालसम्ममा अस्पतालमा भर्ना भएका बिरामीको मृत्युदर एकदम घटेको देखिएको छ ।