Rumpum Advertisement

‘प्रेम गीत–३’ को प्रदर्शन मिति चैत २७

Neuro
‘प्रेम गीत–३’ को प्रदर्शन मिति चैत २७

विराटनगर/२०७६ को बहुप्रतिक्षित नेपाली फिल्म हो ‘प्रेम गीत–३’ । जसको प्रदर्शन मिति गत चैत २८ लाई तोकिएको थियो । तर कोरोना महामारीका कारण सिनेमा क्षेत्र ठप्प भएपछि फिल्म रिलिज हुन सकेन । फिल्म प्रेम गीत ३ टिभीमा वा कुनै मोबाइल एप्समा आउने हल्ला पनि केही दिन चलेको थियो । पछि निर्माता सन्तोष सेनले लकडाउन भएकै बेला फिल्म ‘प्रेम गीत–३’ आउँदो चैत २७ गते शुक्रबारका दिन देशभर सार्वजनिक गर्ने बताएका थिए ।

आज सिनेमा हल बन्द भएको ९ महिना बितिसक्दा पनि सिनेमा हल खुल्ने कतै केही कुरो छैन । हुन त जसोतसो पुस १० गतेबाट सिनेमा हल खुल्ने कुरो आए पनि नयाँ फिल्म रिलिज होलान् त ? टुङ्गो छैन ।

फिल्म ‘प्रेम गीत–३’ मा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरी, कृजन गौतम, जीवन बराल, लक्ष्मी बर्देवा, सुजल बस्नेत, जीवन भट्टराई, राज थापालगायत मुख्य भूमिकामा रहेका छन् ।