Rumpum Advertisement

यी व्यक्तिले सम्भावित पोस्ट कोभिडका लक्षण अनुभव गर्न सक्छन्

Neuro
यी व्यक्तिले सम्भावित पोस्ट कोभिडका लक्षण अनुभव गर्न सक्छन्

विराटनगर/पोस्ट–कोभिड सिन्ड्रोम, कोरोना भाइसरको सङ्क्रमणबाट नेगेटिभ परीक्षण गरे पनि कोभिडका कारण भएको जटिलताको अनुभव गर्ने अवस्था हो ।

यस अवधिमा, कुनै सङ्क्रमण भएको बेला देखिएका सबैभन्दा सामान्य लक्षण अनुभव गर्ने वा केही पनि नहुने हुन सक्छ । सास फेर्न गाह्रो हुने, जोर्नीको दुखाइ, छातीको दुखाइ, स्वाद तथा गन्ध हराउने, थकानलगायतका केही सामान्य लक्षण हुन्, जुन रोगबाट मुक्त भएपछि पनि अनुभव हुन सकिन्छ ।

कोभिडको सङ्क्रमण निको भएपछि समेत धेरै मानिसहरूमा लामो समयसम्मका लागि पोस्ट कोभिडको समस्या देखा परिरहेको छ । नेशनल इन्स्टिच्युट अफ हेल्थ, ब्रिटेन (एनआईएच) का अनुसार सङ्क्रमण भएकामा पोस्ट–कोभिडको सम्भावना मात्र नभई यसका साथै सङ्क्रमणले शरीरका विभिन्न अङ्गहरूमा गम्भीर असर पर्ने गरी आक्रमण गर्न सक्छ ।

५० वर्षभन्दा माथि उमेरका, कोभिडको सङ्क्रमणका कारण गम्भीर लक्षण भएका, विशेषगरी कार्डियोपल्मोनरी समस्या भएका, उच्च रक्तचाप, मधुमेह वा मोटापनाको समस्यालगायत पहिलादेखि नै स्वास्थ्यमा केही समस्या भएका व्यक्तिहरूले प्रायजसो पोस्ट कोभिड सिन्ड्रोम र यसका सुस्त लक्षणहरू अनुभव गर्न सक्छन् ।

कोरोना भाइरसको सङ्क्रमणको कारण हल्का वा गम्भीर समस्या भोग्नु परे वा निको भइसकेपछि पनि लक्षण देखिएम, डाक्टरसँग परामर्श लिनु महत्वपूर्ण हुन्छ । यसबाहेक, स्वस्थ आहार, सामान्य व्यायाम र सकरात्मक जीवनशैलीमा संलग्न भएर छिटो र अधिक कुशलतापूर्वक सुधार गर्न सकिन्छ ।