birat ribon

१५ बलमै ५० रन, क्रिस्टियन बने सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने दोस्रो खेलाडी

Neuro
१५ बलमै ५० रन, क्रिस्टियन बने सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने दोस्रो खेलाडी

विराटनगर । अस्ट्रेलियन क्लब सिड्नी सिक्सर्सका डेन क्रिस्टियनले बिग बास लिगमा कीर्तिमान बनाएका छन् । १५ बलमै अर्धशतक बनाउँदै क्रिस्टियनले लिगको इतिहासमा दोस्रो सबैभन्दा तेज अर्धशतक प्रहार गरेका हुन् ।

cura insider

आइतबार भएको मेलबर्न रेनेगेड्ससँगको खेलमा डेनले ५० रनको योगदान गरेका थिए । उनले चार चौका र पाँच छक्काको सहायतामा ५० रन प्रहार गरेका थिए । १६औं बलमा भने उनी क्याचआउट हुन पुगेका थिए ।

३७ वर्षीय डेनले लक्ष्य पछ्याउने क्रममा एडिलेडका लागि विष्फोटक सुरुआत गरेका फिल साल्टलाई २८ रनमा पेभेलियन फर्काएर बलिङमा समेत योगदान दिए ।

यससँगै उनीे सबैभन्दा तेज अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बने । यसअघि वेष्ट इन्डिजका क्रिस गेलले सन् २०१६ मा मेलर्बन रेनिगेड्सको प्रतिनिधित्व गरी एडिलेड स्ट्राइकर विरुद्ध मात्र १२ बलमा अर्धशतक पूरा गरेका छन् ।

डेनको अर्धशतकको सहयोगमा सिड्नी सिक्सरले एडिलेड स्ट्राइकरमाथि ३८ रनको जित हात पारेको थियो ।

jackson ribon