Rumpum Advertisement

भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी

Neuro
भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिदासम्म आन्दोलन जारी

काठमाडौँ/चिनी मिलबाट आफूहरुले पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिँदासम्म आन्दोलन जारी राख्ने उखु किसानहरुले बताएका छन् ।

उखुको बक्यौता रकम नपाएको भन्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उखु किसानहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।

सरकारसँग आज दिउँसो २ बजे छलफल हुन लागेको र किसानहरुले उखुको बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी लिन आग्रह गर्ने बताएका छन् । चिनी मिल सञ्चालक र सरकारले पटक–पटक झुटो आश्वासन दिएकाले यसपटक सरकारले मिति तोकेर भुक्तानीको जिम्मा लिए आन्दोलनको स्वरुप फेर्न सकिने किसानहरुले बताएका हुन् ।

उखु किसान सङ्घर्ष समितिका सचिव गोपाल यादवले किसानको खातामा पैसा नआउँदासम्म सरकारको भनाइमा ढुक्क हुन नसक्ने पनि बताए । उनले सरकारले मिति तोकेर भुक्तानी दिलाइदिने जिम्मेवारी लिए आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने बताए ।