Rumpum Advertisement

प्रतितोला नौ सयले बढ्यो सुनको भाउ

प्रतितोला नौ सयले बढ्यो सुनको भाउ

काठमाडौँ/स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला नौ सयले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला ९५ हजार दुई सयमा कारोबार भएको छ । छापावाला सुन आइतबार प्रतितोला ९४ हजार तीन सयमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला आठ सय ५० ले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार सात सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो धातु आइतबार प्रतितोला ९३ हजार ८५० मा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने तोलामा ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज एक हजार तीन सय २० मा कारोबार भएको छ । आइतबार सो धातु एक हजार दुई सय ८० मा कारोबार भएको थियो ।