birat ribon

घेराबन्दीमा पारिएकाले बाध्यतामा संसद् विघटन : ओली

Neuro
घेराबन्दीमा पारिएकाले बाध्यतामा संसद् विघटन : ओली

काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई घेराबन्दीमा पार्न लागिएकाले बाध्यात्मक अवस्थामा संसद् विघटन गर्नुपरेको प्रष्ट पारेका छन् । लोकतन्त्रमा जनताले गर्ने निर्णय नै अन्तिम भएकले आफूले ताजा जनादेशमा जाने निर्णय गरेको उनको भनाइ थियो ।

cura insider

विघटित प्रतिनिधसभामा प्रतिनिधित्व गर्ने आफू पक्षधरका सांसदहरुको भेलामा प्रधानमन्त्री ओलीले आफू ६४ प्रतिशत मत प्राप्त प्रधानमन्त्री रहेकाले आफ्नो निर्णयमा अदालत बाधक नहुने बताएका हुन् ।

‘संवैधानिक व्यवस्थाअनुसार हो कि होइन भन्ने विषयमा लागि अन्य उदाहरण पनि हेर्नुपर्छ, अदालतले के गर्छ भन्ने प्रश्न पनि छ । म ६४ प्रतिशत मत प्राप्त प्रधानमन्त्री हुँ । म बहुमतमै छु । मैले गरेको निर्णय अदालतले रोक्न मिल्दैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

jackson ribon