Rumpum Advertisement

प्यूरिनको अधिक सेवनले शरीरमा युरिक एसिडको स्तर बढ्ने

Neuro
प्यूरिनको अधिक सेवनले शरीरमा युरिक एसिडको स्तर बढ्ने

विराटनगर/प्यूरिन (एक प्रकारको रसायन) भएको खाना पचाउने क्रममा शरीरबाट फिल्टर गरिने एक प्रकारको फोहोरलाई युरिक एसिड भनिन्छ ।

अत्यधिक प्यूरिनको सेवनले शरीरलाई प्रणालीबाट युरिक एसिड हटाउन गाह्रो बनाउन सक्छ, र हाइपरयुरिसेमिया (शरीरमा अधिक युरिक एसिडको मात्रा) हुन्छ । उच्च युरिक एसिडले गाउट, पीडादायी जोर्नी तथा हड्डी, पत्थरी, पिसाबमा समस्या गराउन सक्छ । यो टाइप २ मधुमेह र हृदय रोगको एक उच्च जोखिम कारकसँग पनि जोडिएको छ ।

प्यूरिन भएको खानाको अधिक सेवनले शरीरमा सामान्य युरिक एसिडको स्तरभन्दा उच्च उत्पन्न गराउँछ । रातो मासु, जनावरको अङ्गको मासु, माछा, मदिराको सेवन, अत्यधिक फ्रुक्टोज भएको खाना, बियर, साग, गेडागुडी, मटर, दाल, जौँ, काउली, च्याउमा प्यूरिनको मात्रा उच्च हुन्छ । यी खानाको अधिक सेवनले युरिक एसिडको मात्रा बढाउने गर्छ ।

साथै, शरीरमा युरिक एसिडको मात्रा अनुवांशिक कारण, मोटोपना, मधुमेह, मृगौलासम्बन्धी समस्या, क्यान्सर, केमोथेरापी गरेको कारण, अत्यधिक तनाव तथा जीवनशैलीका कारण पनि शरीरमा युरिक एसिडको मात्रा उच्च हुन सक्छ । अन्य रोग जस्तै, शरीरमा उच्च यूरिक एसिड स्तरलाई नियन्त्रण गर्नका लागि एक स्वस्थ आहार, व्यायाम र जीवनशैलीमा परिवर्तन ल्याउनु नै सबैभन्दा उत्तम रोकथामको उपाय हो ।

सही औषधि उपचारसँग युरिक एसिड समस्या सजिलैसँग हटाउन सकिन्छ । यदि परिवारमा पहिलादेखि नै कसैलाई युरिक एसिडको समस्या छ भने सावधानी अपनाई समय–समयमा जाँच गरी समस्या छिट्टै पहिचान गरी नियन्त्रण गर्न सकिन्छ । त्यस्तै, प्यूरिन अधिक भएको खानामा सावधानी अपनाई, मदिरा त्याग गरी, अधिक फाइबरको सेवन गरी शरीरमा इन्सुलिन स्तर सन्तुलनमा राख्न सके जोखिमलाई कम गर्न सकिन्छ ।

वर्षमा कम्तिमा एक पटक अस्पताल गई जाँच गराउन आवश्यक हुन्छ ।