Rumpum Advertisement

मिटरब्याजमा संलग्न भएकाे आरोपमा विराटनगरबाट थप एक पक्राउ

Neuro
मिटरब्याजमा संलग्न भएकाे आरोपमा विराटनगरबाट थप एक पक्राउ

विराटनगर/ प्रहरीले मिटरब्याजमा लगानी गरेर जवरजस्ती पैसा असुल गरेको आरोपमा विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ ।

सोमबार विराटनगर महानगरपालिका -९ घोघापुल चोक घर भएका एजाज शेखलाई पक्राउ गरेको हो ।

शेख लामाे समययता मिटरब्याजकाे काराेवारमा संलग्न रहेकाे प्रहरीकाे दाबी छ । कुनै पेशा व्यावसाय नभएका शेखले महङ्गाे सवारी प्रयाेग गर्छन् ।

धाकधम्की दिई आपराधिक लाभ लिएको उजुरी परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । पक्राउ पछि अनुसन्धान सुरू गरेकाे उनले बताए ।

मिटर ब्याजमा लगानी गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले यसअघि विराटनगर-९ घोघापुल चोककै सञ्जय रौनियार पक्राउ गरेकाे थियाे । रौनियारको धन्दामा शेख पनि पाटनर रहेकाे प्रहरी स्राेतकाे दाबी छ।