birat ribon

ओलीको गतिविधिले पार्टी एकतालाई असर गर्दैन : प्रचण्ड

Neuro
ओलीको गतिविधिले पार्टी एकतालाई असर गर्दैन : प्रचण्ड

विराटनगर/नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले व्यक्तिको कदमले पार्टी एकतामा असर नगर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट सांसद्को छुट्टै बेला बोलाएपछि विज्ञप्ति जारी प्रचण्डले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन् ।

cura insider

पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरूद्ध एकताबद्ध भएर उभिन उनले आग्रह पनि गरेका छन् ।

‘प्रधानमन्त्रीले चालेको कदम, प्रतिनिधिसभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई हिजो बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्सर्ना गर्दै पूर्ण रूपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष कमरेड ओलीलाई अनुशासनको कारवाहीका निम्ति स्पष्टिकरण माग्ने निर्णय गरेको विषय सार्वजनिक भइसकेको छ,’ दाहालले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरूद्ध एकताबद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यस प्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपिल गर्दछु ।’

नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण सङ्घर्षको परिणामस्वरुप प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको परिवर्तनको रक्षा गर्नुपर्ने उनले बताए ।

jackson ribon