Rumpum Advertisement

बालुवाटारमा ओली पक्षको भेला, बादल गएनन्

बालुवाटारमा ओली पक्षको भेला, बादल गएनन्

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको भेलामा रामबहादुर थापा बादल अनुपस्थित बनेका छन् ।

आइतबार संसद् विघटन गरेका ओलीले सोमबार बिहान बालुवाटारमा भेला बोलाएका थिए । पार्टी विवादमा कित्ता परिवर्तन गर्दै ओलीको पक्षमा लागेका गृहमन्त्री बादल अनुपस्थित भएका हुन् ।

प्रधानमन्त्रीले बोलाएको सांसद्हरुको भेलामा पूर्व माओवादी खेमाका लेखराज भट्ट भने सहभागी भएका छन् ।

आज दिउँसो माधवकुमार नेपाल र प्रचण्ड पक्षले छुट्टै भेला गर्दैछन् ।