काठमाडौँ/गायिका अन्जु पन्तकोे ‘मैले रुँदा आँसु पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
वरिष्ठ गीतकार हिराकाजी थापाका शब्दमा वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत सिर्जना रहेको गीतमा चाँद सिंहको एरेन्ज रहेको छ । प्रेमील जोडिको प्रेम र रोदनलाई गीतमा कलात्मकरुपमा प्रस्तुत गरिएको छ ।
गीतमा युवा युवतीबीचमा रहने प्रेम र घातलाई कलात्मकरुपमा समेटिएको छ ।
उत्तम हुमागाईँको छायाङ्कन, अनिल रानाको सम्पादन तथा हिराकाजी थापाको निर्देशनमा भिडियो तयार भएको हो । भिडियोमा आकाश श्रेष्ठ, समीक्षा पोखरेल, आलिसा बास्तोला, प्रविन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय रहेको छ ।