Rumpum Advertisement

फुटकाे सङ्घारमा नेकपा : ओली पक्षको भेला बालुवाटारमा, प्रचण्ड-नेपाल पक्षकाे संसद् भवनमा

फुटकाे सङ्घारमा नेकपा : ओली पक्षको भेला बालुवाटारमा, प्रचण्ड-नेपाल पक्षकाे संसद् भवनमा

काठमाडौं / फुटकाे सङ्घारमा पुगेकाे नेकपाका दुवै समूहले छुट्टाछुट्टै भेला बाेलाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि फुटको संघारमा पुगेका बेला दुवै पक्षले आफ्ना पक्षका सांसदहरुको अलग–अलग बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले दिउँसो १ बजे संसद् भवनको ल्होत्से हलमा सांसद्हरुको बैठक बोलाएका हुन् ।

ओली पक्षले ‘निवर्तमान सांसद’ भनेर सम्बोधन गर्दै बैठकमा सहभागी हुन बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेपछि दुवै पक्षले आफूनिकट सांसदहरूलाई ब्रिफिङ गर्न बोलाएका हुन् ।

प्रतिनिधिसभामा नेकपाका एक सय ७३ सांसद छन्, जसमा प्रचण्ड–नेपाल पक्षका ९० जनाभन्दा बढी छन् ।