Rumpum Advertisement

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ लाखनजिक

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ लाखनजिक

विराटनगर / कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ लाख ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप सात हजार नौ सय ४१ जनाको मृत्यु भएसँगै जम्मा मृतकको सङ्ख्या १६ लाख ९९ हजार १ सय पुगेको हो ।

वोल्डोमिटरको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणका कारण अमेरिकामा सबैभन्दा बढी तीन लाख २४ हजारको मृत्यु भएको छ । कोरोना प्रभावित मुलुक भारतमा एक लाख ४५ हजार, ब्राजिलमा एक लाख ८६ हजार, मेक्सिकोमा एक लाख १७ हजारको मृत्यु भएको छ । रुसमा ५० हजार, फ्रान्समा ६० हजार, बेलायतमा ६७ हजार, इटालीमा ६८ हजारको मृत्यु भएको छ ।

विश्वमा सङ्क्रमितको सङ्ख्या सात करोड ७१ लाख ५८ हजार पुगेको छ । सङ्क्रमित मध्ये पाँच करोड ४० लाख सङ्क्रमण मुक्त भएका छन् । सात करोड सङ्क्रमित मध्ये अमेरिकामा मात्रै एक करोड ८२ लाख र भारतमा एक करोड ५६ हजार छन् ।