Rumpum Advertisement

रोनाल्डोलाई गोल्डेन फुट अवार्ड

रोनाल्डोलाई गोल्डेन फुट अवार्ड

विराटनगर । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय प्रतिष्ठित गोल्डेन फुट अवार्ड जितेका छन् । युभेन्टसका फरवार्ड रोनाल्डोलाई आइतबार फ्रान्सको मोनाकोमा सो अवार्डबाट सम्मान गरिएको हो ।

गोल्डन फुट अवार्ड वर्षको उत्कृष्ट फुटबल खेलाडीलाई दिइन्छ । यसमा खेलाडीले गरेको गोल मात्रै नहेरेर समग्र प्रदर्शन हेरिन्छ । यो अवार्ड २८ वर्ष उमेरभन्दा माथिका सक्रिय खेलाडीलाई मात्रै दिइन्छ ।

Cristiano Ronaldo is the 17th recipient of the Golden Foot award

यो अवार्ड अनलाइन भोटिङका आधारमा दिइन्छ । मनोनयनमा परेका १० खेलाडीमध्ये सबैभन्दा बढी मत पाउने खेलाडीलाई अवार्ड प्रदान गरिन्छ ।

सन् २००३ देखि दिन थालिएको यो रोनाल्डोले पहिलो पटक जितेका हुन् । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले भने यो अवार्ड जित्न सकेका छैनन् ।

Image

३३ वर्षीय रोनाल्डोले पुरस्कार पाउनु सम्मानको कुरा भएकाे बताए । उनले भने, ‘मलाई खुसी लागेको छ कि मेरो खुट्टाको छाप अन्य ठूला च्याम्पियनको नजिक हुनेछ र म सबैलाई धन्यवाद दिन्छु जसले मलाई मतदान गरे । राम्रो खेल्न र गोल गर्न म सधैं सक्दो प्रयास गर्नेछु ।’