Rumpum Advertisement

बराबरीमा रोकिएपछि पिएसजीले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

Neuro
बराबरीमा रोकिएपछि पिएसजीले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

विराटनगर । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा पिएसजी लिलेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

लिलेको मैदानमा निर्धारित समय दुवैले गोल गर्न सकेनन् । पिएसजीले फरवार्ड लाइनमा एन्जल डी मारिया, मोइसे किन र राफिन्हालाई राखेर मैदान उत्रिएको थियो । किलियन एम्बाप्पे खेलको ७७औं मिनेटमा डी मारियाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यस खेलमा नेयमार उपस्थित थिएनन् । उनी चोटका कारण मैदानबाहिर छन् ।

यस बराबरीसँगै पिएसजीले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । १६ खेलबाट ३२ अङ्क बनाएको ऊ हाल तेस्रो स्थानमा छ । लिले भने ३३ अङ्कका साथ शीर्ष स्थानमा छ । समान अङ्क भएको लियोन गोलान्तरको आधारमा पछि पर्दै दोस्रो स्थानमा छ ।