Rumpum Advertisement

लिड्सको पोस्टमा युनाइटेडको आधा दर्जन गोल

लिड्सको पोस्टमा युनाइटेडको आधा दर्जन गोल

विराटनगर । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले लिड्स युनाइटेडमाथि ६–२ गोलान्तरको जित निकालेको हो ।

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा घरेलु टोलीलाई जिताउन ब्रुनो फर्नान्डेसले दुई गोल गर्दा स्कट एमसीटोमिने, भिक्टर लेन्डलोफ र डेनियल जेम्सले समान एक–एक गोल गरे ।

लिड्का लियाम कुपर र स्टुआर्ट डल्लासले एक–एक गोल गरे ।

युनाइटेडले एमसीटोमिनेको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको दोस्रो र तेस्रो मिनेटमा गोल गर्दै एमसीटोमिनेले युनाइटेडलाई दोब्बर अग्रता दिलाएका थिए ।

२०औं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाइटेडको अग्रता तेब्बर बनाउँदै ३७औं मिनेटमा लेन्डलोफले गोल गर्दै ४–० गोलको अग्रता दिलाए ।

४१औं मिनेटमा लिड्सका कुपरले गोल गरेपछि खेल पहिलो हाफ ४–१ गोलको अवस्थामा सकियो ।

६६औं मिनेटमा जेम्सले र ७०औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा गोल गरेपछि युनाइटेडले ६–१ गोलको फराकिलो अग्रता बनाएको थियो । ७३औं मिनेटमा लिड्सका डल्लसले गोल गरेपछि खेल ६–२ गोलको अवस्थामा सकियो ।

जितसँगै युनाइटेड १३ खेलबाट २६ अङ्क जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । लिड्स भने १७ अङ्कका साथ १४औं स्थानमा छ ।