Rumpum Advertisement

टोटनह्यामलाई लेइस्टरले उसैको मैदानमा हरायो

Neuro
टोटनह्यामलाई लेइस्टरले उसैको मैदानमा हरायो

विराटनगर । इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हटस्परमाथि लेइस्टर सिटीले जित निकालेको छ । आइतबार राति भएको खेलमा लेइस्टरले टोटनह्यामलाई उसैको मैदानमा २–० गोलले हराएको हो ।

टोटनह्याम हटस्पर स्टेडियममा लेइस्टरलाई जिताउन जेमी भार्डीले एक गोल गरे । एउटा आत्मघाती गोल लेइस्टरले उपहारमा पाएको थियो ।

पहिलो हाफको इन्ज्युरी समयमा भार्डीले गोल गर्दै लेइस्टरलाई सुरुआती अग्रता दिलाएका थिए । ५९औं मिनेटमा आसर्नलका टोबी एल्डरवेर्डले गोल गरेपछि लेइस्टरले २–० गोलको जित निकालेको हो ।

यससँगै लेइस्टर दोस्रो स्थानमा उक्लिएको छ । उसले १४ खेलबाट २७ अङ्क जोडेको छ । टोटनह्याम भने २५ अङ्कका साथ चौथो स्थानमा छ ।