Rumpum Advertisement

हाकिमी र लुकाकुको गोलमा इन्टरको जित

हाकिमी र लुकाकुको गोलमा इन्टरको जित

विराटनगर । इटालियन सिरी ‘ए’मा इन्टर मिलानले जित निकालेको छ । आइतबार राति भएको खेलमा इन्टरले स्पेजियामाथि २–१ गोलको जित निकालेको हो ।

इन्टरको मैदानमा घरेलु टोलीलाई जिताउन अच्राफ हाकिमी र रोमेलु लुकाकुले समान एक–एक गोल गरे । स्पेजियाका रोबर्टो पिकोलीले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५१औं मिनेटमा हाकिमीले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता बनाए ।

खेलको ७१औं मिनेटमा इन्टरले पेनाल्टीको मौका पाएको थियो, जसमा लुकाकुले गोल गर्दै इन्टरलाई २–० गोलकाे अग्रता दिलाए ।

खेलकाे इन्ज्युरी समयमा स्पेजियाका पिकोलीले एक गोल फर्काए ।

जितसँगै दोस्रो स्थानको इन्टरले १३ खेलबाट ३० अङ्क जोडेको छ । स्पेजिया भने ११ अङ्कका साथ १७औं स्थानमा छ ।