Rumpum Advertisement

मध्यावधि निर्वाचनका कारण चलचित्र महोत्सव स्थगन हुनुसक्ने

Neuro
मध्यावधि निर्वाचनका कारण चलचित्र महोत्सव स्थगन हुनुसक्ने

विराटनगर । नेपाल चलचित्रकर्मी महासङ्घ, प्रदेश १ ले आयोजना गर्न लागेको ‘चलचित्र महोत्सव’ पुनः स्थगन हुने सम्भावना देखिएको छ । गत वर्ष ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०७६’ निर्वाचन आचारसंहिताका कारण अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।

लामो समयको तयारीपछि कोरोना कहरका कारणले सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उद्देश्यले नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ ले वर्ष २०७८ लाई विशेष बनाउन ‘चलचित्र महोत्सव–२०७८’ आयोजना गर्ने घोषणा गरेको थियो ।

चलचित्र महोत्सव–२०७८ यही वैशाख १७ देखि तीन दिनसम्म गरिने बताइएको थियो । तर नेपालको राजनीतिक अवस्था दिन प्रती दिन फेरिएको देख्दा यो पटक पनि चलचित्र महोत्सव होला त? भन्ने कुरामा प्रश्न उठाउदा फरक नपर्ला ।

‘चलचित्र महोत्सव (२०७८’ यही वैशाख १७ गते देखि सुरु गरिने भनिएको थियो तर आज ( आइतबार ) दिउँसो एकाएक राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन हुनुका साथै निर्वाचन आगामी वैशाख १७ गते पहिलो चरणमा र वैशाख २७ गते दोस्रो चरणमा निर्वाचन गरिने जानकारी गरायो ।

गत वर्ष पनि निर्वाचनकै कारण महोत्सव स्थगित भएको थियो । यो पटक झन् महोत्सव हुने मितिमै निर्वाचन हुने भएको छ । अब के महोत्सव गर्न सम्भव होला त ? कोशी अनलाइनको यो प्रश्नको उत्तर दिँदै चलचित्रकर्मी महासङ्घ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले बताए ।

‘महोत्सव त गर्छौं नै हामी किनभने महोत्सव गर्ने सरकारको घोषणा होइन, तर मितिचाहिँ तलमाथि हुनसक्छ । चलचित्र महोत्सव हामी जसरी भएपनि गर्छौ, पोहोर त सबै निर्णय प्रदेश सरकारकै हातमा थियो । अब केही दिनको अवस्था हेरेर महोत्सव कहिले गर्दा उचित हुन्छ निर्णय लिनेछौँ,’ उनले भने ।