विराटनगर । एसी मिलानका युवा फरवार्ड राफेल लियोले युरोपियन शीर्ष पाँच लिगमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् ।
आइतबार इटालियन सिरी ‘ए’ अन्तर्गत सासुओलोविरुद्धको खेलमा गोल गरेका पोर्चुगिज स्टार लियो युरोपियन शीर्ष पाँच लिगमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन् ।
२१ वर्षीय लियोले सासुओलोविरुद्धको खेलको सुरुमै गोल गरेका थिए । हाकान काल्हानोग्लुको पासमा ६.७ सेकेन्डमा नै गोल गरेका थिए ।
युरोपियन शीर्ष पाँच लिगमा ७.३ सेकेन्डमा गोल गर्ने भाल्लाडाेलिडका खेलाडी जाेसेब्रा लाेरेन्टे हुन् । उनलाई उछिन्दै लियोले यस कीर्तिमान बनाएका हुन् ।