Rumpum Advertisement

सरकार ढाल्ने प्रयास भएपछि संसद् विघटन : सञ्चारमन्त्री गुरुङ

Neuro
सरकार ढाल्ने प्रयास भएपछि संसद् विघटन : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्ने प्रयास भएकाले नयाँ जनादेशका लागि प्रतिनिधिसभा विघटन भएको बताए ।

देशीविदेशीको चलखेलले मुलुक दुर्घटनामा पर्ने सम्भावना बढेकोले नयाँ जनादेश लिन संसद् विघटन लागि राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा विघटन सिफारिस गरेको बताएका हुन् ।

‘पार्टीभित्रैबाट षड्यन्त्र भएको छ यसले राष्ट्र र राष्ट्रियतामा गम्भीर संकट आउँछ,’ उनले भने, ‘मुलुकलाई एकताबद्ध बनाउन र विदेशी चलखेल हुन नदिनका लागि पनि प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गर्नुभएको हो ।’

मन्त्री गुरुङले मध्यावधि चुनावको तयारीमा रहन नेपाली जनतालाई आव्हान गरे । उनले मुलुकको समृद्धि र विकासका लागि वर्तमान सरकार प्रतिबद्ध भएर लागिरहेको पनि स्पष्ट पारे ।