Rumpum Advertisement

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि संसद् विघटन

Neuro
प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि संसद् विघटन

काठमाडौँ । संसद सचिवालयमा ९० जना सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ ।

आइतबार बिहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका ९० जना सांसदहरुले प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्तावमा दर्ता समय बिहान १०ः५० मिनेटको रहेको छ । तर संसद सचिवालयले सो समय सच्याएर ३ः३० मिनेटमा दर्ता भएको बताएको छ ।

संसद् सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीबिरुद्धको अविश्वासको प्रस्तावमा संसद् सचिवालयमा दर्ता नम्बर १ रहेको छ ।

संविधानको धारा १०० को उपधारा ४ बमोजिम सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेको बताइएको छ । उक्त उपधारामा संसद्का एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नसक्ने व्यवस्था छ ।

सांसदहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रपति समक्ष संसद् विघटनको सिफारिस गरेको बुझिएको छ ।