Rumpum Advertisement

राप्रपाको निष्कर्ष : संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक

राप्रपाको निष्कर्ष : संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले गरेको संसद् विघटन असंवैधानिक र आलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ । आइतबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्य व्यवस्थापन समितिको बैठकले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको हो ।

पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसद् विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक काम गरेको निष्कर्ष निकालिएको बताए । राप्रपाले सरकारको यो कदमलाई आगामी संघर्षका कार्यक्रममा मुख्य एजेण्डाका रूपमा लिएर जाने पनि उनले बताए ।

त्यसैगरी बैठकले प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटनको सिफारिसलाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश तथा पश्चगामीको संज्ञा दिएको छ । उक्त प्रस्ताव राजनीतिक स्थिरता, जनादेश र जनभावना विपरित स्वेच्छाचारी कदम ठहर गर्दै पार्टीले तीव्र विरोध एवम् भत्र्सना गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।