Rumpum Advertisement

प्रधानमन्त्रीको कदम विरुद्ध विराटनगरमा प्रदर्शन

Neuro
प्रधानमन्त्रीको कदम विरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर / संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय विरुद्ध विराटनगरमा प्रदर्शन भएकाे छ ।

सत्तारुढ नेकपा, नेपाली कांग्रेस र विवेकशील साझा पार्टीले निकट युवा विद्यार्थीकाे समूहले प्रदर्शन गरेकाे हाे ।

नेपाली कांग्रेस निकट तरुण दलले संसद् विघटन असंवैधानिक भएको भन्दै उक्त निर्णय खारेजको माग गरेको छ ।

नेकपा निकट युवा विद्यार्थीले संसद् विघटन गर्ने निर्णय खारेज गर भन्दै प्रदर्शन गरेका छन् । विवेकशीलले साझा केपी ओलीको असंवैधानिक कदम विरुद्धको विरोध प्रदर्शन गरेको छ ।