Rumpum Advertisement

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीकाे निर्णय

प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपा स्थायी कमिटीकाे निर्णय

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले निर्णय गरेको छ ।

आइतबार साँझ बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको हो ।

निर्णय अनुमोदनका लागि पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ । आइतबार बोलाइएको बैठकमा ओली र उनी पक्षका नेताहरु सहभागि थिएनन् । संसद् विघटनको देशव्यापी प्रतिवाद गर्ने निर्णय पनि गरेको छ ।