Rumpum Advertisement

‘प्रधानमन्त्रीको कदम दुर्भाग्यपूर्ण’

‘प्रधानमन्त्रीको कदम दुर्भाग्यपूर्ण’

विराटनगर । नेकपा प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्लेले प्रधानमन्त्रीको कदम राष्ट्र, जनता र आन्दोलनको लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

उनले प्रधानमन्त्रीको कदम सबैको लागि दुर्भाग्य भएको बताए । प्रधानमन्त्रीको कदमको विषयमा अब बस्ने पार्टी कमिटीको बैठकले समीक्षा गर्ने उनले जिकिर गरे । कोसी अनलाइनलाई दिएको छोटो प्रतिक्रियामा उनले प्रधानमन्त्रीलाई काम गर्न असहज भएको भए पार्टी कमिटीमा राख्नुपर्ने बताए ।

उनले पार्टी कमिटीको बैठकपछि पूर्ण धारणा सार्वजनिक हुने बताए । नेकपा केन्द्रीय सदस्य देवराज घिमिरेले पार्टीले काम गर्ने वातावरण नदिएपछि प्रधानमन्त्री संसद् विघटनको कदम चाल्न बाध्य बनाएको बताए ।

संवैधानिक परिषद्को बैठक बस्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले असहयोग गरेको उनले बताए । त्यसमा आफ्नै पार्टीका सभामुखले समेत सहयोग गरेको उनले बताए ।

‘सरकारले काम गरेन भन्ने अनि काम गर्ने बेलामा पार्टीका नेताले अवरोध गरेर प्रधानमन्त्रीलाई निक्कै अफ्ठेरोमा पारिएको छ’, उनले भने ।