Rumpum Advertisement

संसद् विघटनपछि सडकमा उत्रिए नेकपाका कार्यकर्ता

संसद् विघटनपछि सडकमा उत्रिए नेकपाका कार्यकर्ता

काठमाडौं । सरकारले सङ्घीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक, अलोकतान्त्रिक र निरङ्कुश कदम चालेको भन्दै नेकपाका जनवर्गीय सङ्गठनका कार्यकर्ताहरूले आइतबार दिउँसो काठमाडौंको माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले ‘गैरसंवैधानिक कदम खारेज गर’, ‘संसद् विघटन जनमतको धोका हो’, ‘संसद् विघटनको असंवैधानिक कदम खारेज गर’ लगायत लेखिएका ब्यानर र प्लेकार्ड लिएर नारबाजी गरेका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी हुन् ।