Rumpum Advertisement

आइतबार चार हजार छ सय २० जनाको परीक्षण, पाँच सय ८८ सङ्क्रमित भेटिए

आइतबार चार हजार छ सय २० जनाको परीक्षण, पाँच सय ८८ सङ्क्रमित भेटिए

विराटनगर । नेपालमा आइतबार थप पाँच सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा चार हजार छ २० जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।

यससँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख ५३ हजार सात सय ७२ पुगेको छ । हालसम्म १८ लाख ७० हजार आठ सय ३० जनाको पीसीआर परीक्षण गरिएको छ । हाल आठ हजार ३२० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ९७ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४३ हजार छ सय ६४ जना निको भइसकेका छन् । अहिलेसम्म नेपालमा ९६ दशमलब भन्दा बढी कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार ७७७ जनाको मृत्यु भएको छ ।