Rumpum Advertisement

सात मन्त्रीको सामूहिक राजीनामा

Neuro
सात मन्त्रीको सामूहिक राजीनामा

काठमाडौं । प्रतिनिधि सभा विघटनको सिफारिसमा असन्तुष्टि जनाउँदै सात मन्त्रीले राजीनामा दिएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर मन्त्रीले राजीनामा दिएका हुन् ।

आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेकी थिइन् । संसद विघटनपछि सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसाल, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई र खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले राजीनामा दिएका हुन् ।

पूर्वमाओवादीबाट मन्त्री बनेका रामबहादुर थापा र लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।