Rumpum Advertisement

‘पार्टीभित्रको आन्तरिक सङ्कटको परिणाम’

Neuro
‘पार्टीभित्रको आन्तरिक सङ्कटको परिणाम’

काठमाडौँ/संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावलाई सत्तारुढ दलकै सांसद्हरुले पार्टीभित्रको आन्तरिक सङ्कटको परिणाम भएको बताएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका सांसद्हरुले पार्टीभित्र सङ्कट बढ्दै गएपछि ओलीले प्रस्ताव ल्याएको बताए । सांसदहरुले प्रधानमन्त्री ओलीलाई यो असंवैधानिक कदमलाई सच्याउन पनि सुझाव दिएका छन् ।

सांसद कृष्णप्रसाद दाहालले प्रधानमन्त्रीलाई प्रस्ताव फिर्ता लिन आग्रह गरे । प्रस्ताव संविधानअनुसार नभएको उल्लेख गर्दै उनले यसलाई सच्याउन आग्रह गरेका हुन् । उनले भने, ‘यो नेकपाभित्रको सङ्कट गहिरिँदै जाँदाको परिणाम हो । यो राम्रो भएन । संवैधानिक बाटो समतेको छैन्, यसलाई सच्याउनुपर्छ ।’

अर्का सांसद् विमला विकले यो प्रस्ताव जनताको हितमा नभएको बताए । जनताको वलिदानीबाट देशमा स्थीरता आएको उल्लेख गर्दै उनले जनचाहना विपरितको काम नगर्न पनि आग्रह गरे ।

अरुलाई दोषी देखाएर कसैलाई पनि उम्किने ठाउँ नभएको उनले बताए । पार्टी विभाजन र देशमा अस्थीरता ल्याउने पक्षमा कोही पनि नभएको उल्लेख गर्दै उनले अपरिवक्व नेतृत्वका कारण यस्तो अवस्था आएको बताए ।