Rumpum Advertisement

अख्तियार प्रमुखमा पूर्वसचिव राई, भङ्ग भएपछि संसद्मा पुग्यो पत्र

अख्तियार प्रमुखमा पूर्वसचिव राई, भङ्ग भएपछि संसद्मा पुग्यो पत्र

काठमाडौं । संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्वसचिव प्रेमकुमार राईलाई सिफारिस गरेको छ ।

संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद्ले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरेको थियो ।

तर उक्त निर्णय गोप्य राखिए पनि आइतबार संसद् भङ्ग भएपछि संसदीय सुनाइका लागि सिफारिस पत्र संसद् सचिवालयमा पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद् विघटनको सिफारिस अनुमोदन भएलगत्तै संवैधानिक निकायहरूमा नियुक्त गर्न सिफारिस गरिएको पत्र संसद् सचिवालयमा पुगेको हो ।

यससँगै संसदीय सुनुवाइ विनानै राई अख्तियारमा नियुक्त बन्ने भएका छन् । कानुनअनुसार राईको नाम सिफारिस भएपछि संसदीय सुनुवाइ हुनुपर्ने थियो । तर आइतबार सङ्घीय संसद् नै विघटन गरेपछि राईको नियुक्ति प्रक्रिया विधानविपरीत बन्न पुगेको छ ।