Rumpum Advertisement

नक्कली कोभिडको प्रतिरक्षा बुस्टर ‘कोरोनिल’

नक्कली कोभिडको प्रतिरक्षा बुस्टर ‘कोरोनिल’

विराटनगर/नक्कली कोभिडको प्रतिरक्षा बुस्टरहरू लन्डनको पसलमा बेचिएका छन् ।

बीबीसी अनुसन्धानले पत्ता लगाएअनुसार भारतीय जडिबुटी उपचार, ‘कोरोनिल’ राजधानीमा मुख्यतया एशियाई क्षेत्रमा पसलहरूमा बिक्रीमा फेला परेको थियो । पतन्जली आयुर्वेद उत्पादकहरूले कोरोनिललाई श्वासप्रश्वासको सङ्क्रमणबाट रक्षा प्रदान गर्न सक्ने बताउँदै आएका छन् ।

बीबीसीका लागि बर्मिंघम युनिभर्सिटीले गरेको औषधिको प्रयोगशाला परीक्षणले कोरोनिक बिरुवामा आधारित सामग्री समावेश गर्छ जसले कोभिडविरुद्ध बचाउन नसक्ने देखाएको छ । विषाणुविज्ञ डा. मैत्रेयी शिवकुमारका अनुसार प्रतिरोधक क्षमता बढाउने धारणा कोरोना भाइरसको उपचारको हिसाबमा कुनै अर्थ राख्दैन ।

कोरोनिलले प्रतिरक्षा प्रणालीलाई के गर्न खोजिरहेको भन्ने हालसम्म स्पष्ट नभएको उनको भनाइ छ । जून महिनामा पतन्जली आयुर्वेदका संस्थापक बाबा रामदेवले कोरोनिलले कोभिडका बिरामीहरूलाई निको पारेको दाबी गरेका थिए । औषधिको परिणामस्वरूप तीन दिनपछि ६९ प्रतिशत र सात दिनपछि शतप्रतिशत कोरोना भाइरसका बिरामी निको भएको बताइएको थियो ।

भारत सरकारले कोरोनिललाई उपचारको रूपमा नभएर रोग प्रतिरोधक क्षमतालाई विकास गर्ने औषधिको रूपमा बजारमा सार्वजनिक गर्न सक्ने बताएको थियो । पतन्जली आयुर्वेदले कोरोनिल कोभिडको उपचारका लागि प्रयोग गर्न सकिने दावी फिर्ता लिएको थियो । एक स्वतन्त्र तथ्याङ्क जाँच गर्ने सङ्गठन, फुल फ्याक्टका अनुसार महामारीको समयमा यस प्रकारको गलत सूचनाले मानिसहरूको स्वास्थ्यमा नोक्सान पुर्‍याउन र पैसा अनावश्यक खर्च गराउन सक्छ ।